पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
- आश्विन ४, २०८१ मा प्रकाशित
काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।
त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर, नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र प्रा. चिरञ्जीवी खनालको हस्ताक्षर छ । सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ४, २०८१बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड
-
ताजा आश्विन ४, २०८१प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
-
ताजा आश्विन ४, २०८१‘नेसनल डे कन्सर्ट’ मा बालेनको नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार, अदालतमा बुझाइँदै
-
ताजा आश्विन ४, २०८१नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड
-
ताजा आश्विन ४, २०८१बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु
Comments