कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण
- आश्विन ४, २०८१ मा प्रकाशित
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।
‘म अहिले निकै अस्वस्थ भएको छु । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु’, उनले भने । एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित खवर
-
ताजा आश्विन ४, २०८१बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड
-
ताजा आश्विन ४, २०८१प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
-
ताजा आश्विन ४, २०८१‘नेसनल डे कन्सर्ट’ मा बालेनको नारा लगाउने व्यक्ति ज्यान मुद्दाका फरार, अदालतमा बुझाइँदै
-
ताजा आश्विन ४, २०८१नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड
-
ताजा आश्विन ४, २०८१बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु
Comments