राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
- आश्विन ३, २०८१ मा प्रकाशित
सुर्खेत । राउटे समुदायका एक जना युवकको मृत्यु भएको छ । २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । उनलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएकोमा अस्पताले फिर्ता पठाएको थियो ।
उनलाई राउटे बसोबास गरेको स्थान दैलेखको गुराँस गाउँपालिका–१, सिमेलसाल फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनी ६ महिनादेखि बिरामी थिए तर अस्पतालमा उपचार गर्न जान नमानेका कारण अन्तिम समयमा बल्ल सम्झाई बुझाइ गरेर लगिएको थियो । उनमा क्षयरोग रोग देखिएको अस्पतालले जानकारी दिएको छ ।
‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मञ्जुर नभएपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको थियो । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसंख्या घटेर १३४ मा झरेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments