जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री
- आश्विन ३, २०८१ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानलाई सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूको संरक्षण गर्ने दस्तावेजको रूपमा परिभाषित गरेका छन् ।
जनताले लामो समयसम्म भोगेको निरङ्कुशताबाट मुक्त भएको कुरा स्मरण गर्दै भविष्यमा स्वतन्त्रताको संरक्षण आवश्यक रहेको उल्लेख उल्लेख गरेका छन् । ‘जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ,’ उनले भनेका छन्, ’यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ ।’ उनले संविधानको रक्षा र यसको सफल कार्यान्वयनलाई नै समृद्धि र विकासको आधार मान्न आग्रह गरे ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments