•  ३ आश्विन २०८१, बिहीबार
  •  5:40:56 AM

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस {तस्वीरहरु}

- आश्विन ३, २०८१ मा प्रकाशित



काठमाडौं । संविधान दिवस टुँडिखेलमा विशेष समारोह गरी मनाइएको छ । बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी भएका छन् । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनर समेत प्रदान गरेको थियो । सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो । संविधान दिवसका अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको थियो । संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौंको दरबारमार्गमा विशेष सांगीतिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ ।

Comments

सम्बन्धित खवर