•  ३ आश्विन २०८१, बिहीबार
  •  3:48:14 AM

इटहरी मायाघरकि अध्यक्ष सुभद्रा प्याकुरेललाई रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान

- आश्विन १, २०८१ मा प्रकाशित



इटहरी । मानव सेवामा अतुलनीय योग्दान पुर्याएको भन्दै इटहरीको माया घर नेपालकि अध्यक्ष सुभद्रा प्याकुरेललाई नगद रू एक लाख सहित रामबाबु–ज्ञानु समाजसेवी पुरस्कार प्रदान गरिएको छ ।काठमाडौमा भव्य कार्यक्रमको आयोजना गर्दै मानव सेवामा अतुलनीय योग्दान पुर्याउने माया घर नेपालकि अध्यक्ष प्याकुरेल सहित आधा दर्जन बढीलाइ नगद सहित पुरस्कार प्रदान गरिउको हो । प्याकुरेल इटहरीकी सकृिय महिला सञ्चारकर्मी संगै असहाय , असक्त तथा सडक मानवमुक्त अभियानमा अहोरात्र खटि माया घर नेपालको स्थापनामा योग्दान दिदै आएकि छिन ।

नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।

रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सो पुरस्कार प्रदान गरेको हो । कोषका अध्यक्ष ध्रुव नेपालका अनुसार २०७३ सालमा दर्ता भएको नीलसागर सेवाश्रमले वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिलाई भोजन, आवास, औषधी उपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षादीक्षाको प्रबन्ध मिलाएकाले पुरस्कृत गरिएको हो ।

इटहरीको मायाघर नेपाल (अध्यक्ष सुभद्रा प्याकुरेल), काठमाडौँ गोकर्णेश्वरको अपाङ्ग पुनस्र्थापना केन्द्र (अध्यक्ष उदयबहादुर लिम्बू) र काठमाडौँ टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपाल (अध्यक्ष विनीता अर्याल) लाई  सो पुरस्कार जनही एक लाख रुपियाँ राशिको छ ।

Comments

सम्बन्धित खवर