•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:50 AM

उपसभामुख रानामगर रुस प्रस्थान

- आश्विन १, २०८१ मा प्रकाशित



काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगर औपचारिक भ्रमणका लागि आज (मंगलबार) रुस प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी फ्लाई दुबईको बिहान ९ बजेको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।

उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म गरिने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ । उनले उक्त फोरममा सम्बोधन गर्नेछिन् । रुस भ्रमण सकाएर उपसभामुख राना असोज ५ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

Comments

सम्बन्धित खवर