•  ३ आश्विन २०८१, बिहीबार
  •  3:13:34 AM

त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, प्रहरी भन्छ–घटना शंकास्पद

- भाद्र ३०, २०८१ मा प्रकाशित



चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालबाट त्रिशुली नदीमा ट्रक खसेको घटना शंकास्पद देखिएको छ । आज बिहान ना.६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुर आउँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको अवस्थामा भेटिएको थियो ।

ट्रकका चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्कविहीन भएकाले घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । चालकको खोजी भइरहेको र थप अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने बताए ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजी कार्य भइरहेको रिजालले बताए । ट्रकमा दुई हजार २२२५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशूली किनारमा खसेको हो ।

Comments

सम्बन्धित खवर