•  ३ आश्विन २०८१, बिहीबार
  •  3:46:29 AM

पोखराको ३८९ रोपनी अतिक्रमित जग्गा आयो सरकारको नाममा

- भाद्र २९, २०८१ मा प्रकाशित



काठमाडौं । कास्कीको पोखरा बजार क्षेत्र भित्रको ३८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । जिल्लाको मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गा सरकारको नाममा दर्ता गरेका हुन् ।

गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले दुबै कार्यालयलाई जग्गा सरकारको नाममा दर्ता गराउन निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

व्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनी रुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानविनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको उनले जानकारी दिए ।

पोखरा वडा नं. १ मापी.एन. क्याम्पससँग साँध सीमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं. १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं. ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा,  कास्की धिताल वडा नं. ७ मा रहेको हदबन्दी छानविनबाट प्राप्त भएको ६ रोपनी ११ आना  ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं. ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको उनले जानकारी दिए ।

Comments

सम्बन्धित खवर