•  ३ आश्विन २०८१, बिहीबार
  •  5:32:52 AM

माेरङकाे कटहरीमा कृषि एक्सपाे सुरू

- भाद्र २८, २०८१ मा प्रकाशित



बिराटनगर ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा  कटहरीस्थित कृषि थोक बजार परिसरमा कृषि एक्स्पो सुरू भएकाे छ ।

नेपाली किसानहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने, बजारीकरणमा सहयोग गर्ने, किसानहरुले आधुनिक औजार, यन्त्र, उपकरण र खेती पद्दतिका बारेमा जानकारी दिने, उन्नत जातका बिउ बिजन तथा मलखादका बारेमा जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघ कोशीले कृषि एक्स्पो आयोजना गरेको हो । कृषि एक्स्पो भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

विगतमा कृषि मेला भनिए पनि औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको रुपमा यस्ता एक्स्पोहरु हुने गरेकोमा यस पटक महासंघले विशुद्धरुपमा कृषिसँग सम्बन्धित उत्पादनहरु, सूचनाहरु र विषयहरुमा आधारित हुने गरी मेला आयोजना गरेको महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

मेलामा भारत बिहार प्रदेशका कृषि मन्त्रीकाे पनि उपस्थित रहेकाे थियाे । एक्स्पोमा बिहार व्यापार एशोसिएसनका पदाधिकारीहरु, बिहार कृषि विभागको समन्वयमा २० वटा स्टलसहित उल्लेखनीय सहभागिता रहेकाे छ ।

Comments

सम्बन्धित खवर