७० लाख खर्चेर मेक्सिको हुँदै अमेरिका छिरेका भरत उतै अस्ताए
- भाद्र २६, २०८१ मा प्रकाशित
काठमाडौं । अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ । पूर्व रुकुमको भुमे–७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हो । ७० लाख बढी खर्च गरेर झण्डै २ वर्ष अगाडि बिना भिसा मेक्सिकोको सीमाक्षेत्रबाट अमेरिका पुगेका उनको हृदयाघातबाट मृत्यु भएको आफन्तले बताएका छन् । हृदयाघातपछि तीन दिनअगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।
पारिवारिक स्रोतकाअनुसार सन् २०२३ को नोभेम्बरमा एसाइलम स्वीकृत भएपछि उनी श्रीमती र छोराछोरी अमेरिका झिकाउने प्रक्रियामा थिए । तर उक्त प्रक्रिया पूरा नहुँदै रोकामगरको मृत्यु भएको छ । उनको नेपालमा रहेका उनकी श्रीमती र छोराछोरीहरू शोकमा डुबेका छन् । श्रीमती, २० वर्षीया छोरी र १५ वर्षीय छोरा दाङको घोराहीमा बस्दै आएका छन् । रोकामगर हालै मात्र बोस्टनमा बसाइसरेर काम गर्न थालेका थिए ।
परिवारले रोकामगरको अन्तिम संस्कारमा सहभागी हुने चाहना राखेकाले त्यसका लागि प्रक्रिया सुरु गर्न लागिएको र सहयोगका लागि गोफण्डमी सुरु गर्ने योजना बनाएको भरत रोकामगरका छिमेकी समेत रहेका चेतन बुढामगरले जानकारी दिए । परिवारको आर्थिक स्थिति राम्रो नभएकाले परिवारलाई सघाउन र दाहसंस्कारका लागि गोफण्डमी सुरु गर्न लागिएको हो ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments