निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
- भाद्र २६, २०८१ मा प्रकाशित
विराटनगर । पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समूह आमने सामने भएका छन् । कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी गरेपनि अपराहन्न ४ बजेदेखि अनसन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । सो समयमा अनसन स्थल विराटनगरस्थित देवकोटा चोक तनाबग्रस्त भएको थियो । कार्कीलाई नियन्त्रणमा लिनेक्रममा उनका समर्थक र सुरक्षाकर्मीबिच केहीबेर झडप समेत भएको थियो । प्रहरीले घरमा छोडेपछि कार्की अर्को गाडीमा देवकोटा चोकमा फर्केर फेरी अनसन शुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनसन शुरु गरेका हुन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments