इन्टरनेट रिचार्जको बिवाद हुदा बारामा श्रीमानले गरे श्रीमतीको हत्या, दुई छोरी घाइते
- भाद्र २६, २०८१ मा प्रकाशित
बारा । बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर वीभत्स हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमलकुमार बस्नेतले मंगलबार राति ७ः४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटक–पटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा मंगलबार राति ८ः१५ बजे मृत्यु भएको हो ।
बुवा आमाको झगडा छुट्याउने क्रममा दुई छोरी समेत घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचारपपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ ।
घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको झगडाले उग्ररुप लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुई जनाको भनाभन भएको थियो । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलो हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।
श्रीमान बिमल कुमार बस्नेतलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१इटहरीमा नेपाल जेशीजकाे ५१औं महाधिवेशन : देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली
-
ताजा पुष ६, २०८१राप्रपाले पुष १३ गते इटहरीमा विराेध सभा गर्ने , प्रदेश खारेज मुख्य एजेन्डा
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
Comments