संखुवासभा पुगेर सिँचाइमन्त्री खड्काले भने – ‘विकासका काममा अवरोध नगरौं’
- भाद्र २६, २०८१ मा प्रकाशित
संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।
धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उनले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताए । उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला सङ्खुवासभाले ती स्रोतको सदुपयोग गरी विकासमा फड्को मार्नसक्ने उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सचिवालयले काम गरिरहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संखुवासभाको ९० प्रतिशत भाग पूर्ण विद्युतीकरण भइसकेकाले बाँकी स्थानमा पनि चाँडै बिजुली पुर्याइने बताए । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पहाडी जिल्ला संखुवासभामा पहिरोको जोखिमलाई दृष्टिगत गर्दै साना–साना सिँचाइका आयोजना आयोजना कार्यान्वयन गरिने बताए ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ६, २०८१रिहा लगत्तै दुर्गा प्रसाईले भने : जती पटक लगेर थुनुन् हार खादिन
-
ताजा पुष ६, २०८१बाजुरामा ५.२ रेक्टरको भूकम्प, त्रासमा स्थानीय
-
ताजा पुष ६, २०८१एनपीएलको फाइनल आज : सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
ताजा पुष ६, २०८१नेपालमै पहिलाे पटक ३६ वर्षीय युवकलाई ‘मङ्कीपक्स’ सङ्क्रमण
-
ताजा पुष ५, २०८१जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग
Comments