ताप्लेजुङमा अरिङ्गालले चिलेर अचेत बनेका युवकको मृत्यु
- भाद्र २५, २०८१ मा प्रकाशित
ताप्लेजुङ । अरिङ्गालको गोलाले चिलेर अचेत बनेका ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रबि रावलका अनुसार लिम्बूको उपचारका क्रममा सोमबार राति झापाको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिन अघि आफ्नै अलैंची बगान सफा गर्ने क्रममा अरिङ्गालको गोलाले चिलेको थियो ।
अचेत अवस्थामा रहेका उनलाई उपचारका लागि सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा थप उपचारका लागि पाँचथरको फिदिम अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments