•  ३ आश्विन २०८१, बिहीबार
  •  5:32:19 AM

विवादित इन्जिनियरलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको जिम्मा

- भाद्र २३, २०८१ मा प्रकाशित



काठमाडौं ।  सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयमा कार्यभार सम्हालको करिब करिब एक महिनामै एउटा विवादित इञ्जिनियरलाई आर्कषक ठाउँमा सरुवा गरेका छन् । मन्त्री सिंहले अघिल्लो हप्ता सिनियर डिभिजन इञ्जिनियर सुवास बस्नेतलाई सहरी विकास मन्त्रालयबाट काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं आयोजना प्रमुखम पदमा सरुवा गरेका छन् । बस्नेतको सरुवा एकल सरुवा हो ।

विशेष अवस्थामा मात्र एकल सरुवा गर्ने गरिन्छ । या काम नै रोकिने अवस्था आएमा यस्तो सरुवा गर्ने गरिन्छ । तर बस्नेतको हकमा त्यस्तो केही थिएन । त्यसमा उनी एकदमै विवादित कर्मचारी हुन् ।

नेपाली कांग्रेससँग निकट भनेर मन्त्रालयमा चिनिएका सोझा र इमान्दार इञ्जिनियर प्रकाश अर्याललाई चित्त दुखाएर मन्त्री सिंहले यस्तो निर्णय गरेका हुन् । यसअघि अर्याल उक्त पदमा कार्यरत थिए । बस्तेत यसअघि, जुन जुन कार्यालयमा जाने गर्छन्, त्यहाँ जहिले पनि विवादित हुने गरेका छन् ।

दुई बर्षअघि अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिमा पुगेका थिए, त्यो बेला उनी ३ महिना टिक्न सकेनन । उनलाई सरुवा गराउनुपर्ने मन्त्रालयलाई बाध्यता नै भएको थियो । पछिल्लो पटक उनलाई शिक्षा मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा लगिएको थियो ।

त्यहाँ उनी ३ महिना पनि बसेनन् । उक्त कार्यालयमा जाने वित्तिकै उनले आफूलाई अन्यायपूर्वक सरुवा गरिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दर्ता गरे । त्यतिबेला सतर्कताको सचिवमा रामआधार साह थिए । रामआधारको ‘कर्मचारी गुरु’ रमेश सिंह हुन् ।

सिंहको सल्लाहमा राम आधारले तत्कालै सुवास बस्नेतालाई अन्याय भएको भन्दै तत्काल सरुवा सच्च्याउन सहरी विकास मन्त्रालयलाई पत्र पठाए । जबकि, सतर्कताको यस्तो चिठी अधिकार बाहिरको विषय थियो । सुवासको पनि कर्मचारी गुरु रमेश सिंह हुन ।

उनी धेरैजसो रमेश सिंहको सम्पर्क कार्यालय बानेश्वर (धोबीखोला किनारा) जाने गर्छन् । अहिले सिंह राष्ट्रिय योजना आयोगको सदस्य भएका छन् । सतर्कताको पत्र पाएपछि सहरी विकासले पनि सरुवा सच्याउँदै पुरानै ठाउँमा आउन बस्नेतलाई चिठी पठायो । उनी पुरानो ठाउँ केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा टेकेनन् ।

किनकि त्यस कार्यालयका जाने उनको ठाउँ नै थिएन । अन्य कर्मचारीहरुसँग उनले झगडा गरेका थिए । त्यसैले उनले आफ्नो सरुवा मन्त्रालयमा लगे । तर मन्त्रालयम पनि हाजिरी गर्न गएनन । दरबन्दी सहरी विकास मन्त्रालयमा भए पनि चार महिनासम्म मन्त्रालयमा टेकेनन् । बरु मन्त्रालयको बाटो हुँदै दैनिक जसो सतर्कतामा जाने गर्थे ।

यहाँसम्म कि, मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका कर्मचारीहरु सम्पर्क हुन आउने हुन् भन्दै बस्नेतको नाममा सार्वजनिक सूचना निकाल्ने तयारी गरेका थिए । यसैवीचमा मन्त्रालयमा मन्त्रीको रुपमा सिंह आए । त्यसपछि उनले सिंहसँग विचौलिया मार्फत् सम्बन्ध जोडे । आफू जन्मजात कांग्रेस भएको सुनाए ।

मन्त्रालयमा काग्रेसबाट मन्त्री आउनेवित्तिकै उनले आफू जन्मजात कांग्रेस भएको भन्ने गर्छन् । सिता गुरुङको बेलामा पनि उनले यस्तो भन्ने गरेका थिए । गुरुङको पालामा सिताका पति दिल गुरुङसँग सम्बन्ध जोडेर बागमती विकास समितिको सदस्य सचिवमा पुनः जान लागेका थिए ।

निर्णयसमेत भइसकेका थियो चिठी पाउने बेलामा सबै कर्तुत खुलेपछि उनले चिठी पाएका थिएनन् । यसअघि वागमती विकास समितिको सदस्य सचिव हुने बेलामा उनले तत्कालीन सहरी विकास मन्त्री र सचिवलाई नेपाली गलैंचा हो भन्दै आफैले काँधमा बोकेर निवासमै पु-याएका थिए ।

त्यो बेला बस्नेतको चाकडी देखेर मन्त्रालयका कर्मचारीहरु चकित परेका थिए । अहिले कस्तो किसिमको चाकडी गरे, मन्त्रालयका कर्मचारीहरुले बुझेका छैनन् ।

Comments

सम्बन्धित खवर