•  ४ आश्विन २०८१, शुक्रबार
  •  5:45:15 AM

पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

- भाद्र २३, २०८१ मा प्रकाशित



जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६, धुमामा खसेको पहिरोमा पुरिएका दुई जनाको शव निकालिएको छ । गए राति करिब १ बजेको समयमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी र उनका श्रीमान मानबहादुर चलाउने घर माथिबाट आएको पहिरोमा पुरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार स्थानीयको सहयोगमा शव निकालिएको हो । पहिरोमा परी घाइते भएकी चलाउनेकी छोरी सम्झनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डएसपी पुरोषत्तम पाण्डेले जानकारी दिएका छन् ।

यस्तै सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया बिमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

Comments

सम्बन्धित खवर