डेंगू संक्रमणबाट इलामका ढकालको मृत्यु
- भाद्र १२, २०८१ मा प्रकाशित
इलाम । डेंगू रोगको संक्रमणबाट इलाममा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोङ गाउँपालिका १ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन् ।उनको उपचारका क्रममा बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा निधन भएको मृतकका (ठूलो बुबा) का छोरा नरेन्द्र ढकालले जानकारी दिए ।
ढकालका अनुसार मृतक नारायणलाई अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल पु¥याइएको थियो । तर, प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन भएको हो । श्रीमती मुना र दुई छोरी सलिना र समिक्षा ढकाल रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments