यी हुन् नेकपा एसमा निर्वाचित चार उपाध्यक्ष, अरु को–को चुनिए ?
- भाद्र १२, २०८१ मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीतर्फको मत गणना सकिएको छ । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन् । राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन् । साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन् । ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।
उपमहासचिवमा खुलातर्फ गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई, मेटमणि चौधरी निर्वाचित भएका छन् । आदिवासी जनजातिबाट सचिवमा बलदेव चौधरी र दलिततर्फ गणेश विश्वकर्मा निर्वाचित भएका छन् । खुला सचिवमा शेरबहादुर कुँवर, सोम पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल निर्वाचित भएका छन् ।
हिजो (मंगलबार) भएको निर्वाचनमा १७ पदका लागि ६७ जना प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनीविरूद्ध घनेन्द्र बस्नेतले उमेदवारी दिएका थिए । बस्नेतले वरिष्ठ नेता बनाउने आश्वासन पाएपछि उमेदवारी फिर्ता लिएर पाण्डे सर्वसम्मत भए ।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो । पहिलो पूर्ण बैठकले चुनावमार्फत् पदाधिकारीको टुंगो लगाएको हो । एकीकृत समाजवादीले पोलिट्ब्युरो सदस्य पनि चुनावैबाट छानेको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments