प्रहरीकाे ३० वर्षे सेवा अवधि हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ निवेदन दर्ता
- भाद्र ११, २०८१ मा प्रकाशित
काठमाडौं । ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जाने नेपाल प्रहरीमा कार्यान्वयन हुँदै आएको कानूनी व्यवस्था हटाउने आदेशविरुद्ध ‘भ्याकेट’ (पुनरावलोकन) निवेदन दर्ता भएको छ ।
कानून नबन्दै आएको अन्तरिम आदेश व्यवहारिक नभएको दाबी गर्दै गृह मन्त्रालय सर्बोच्चको अन्तरिम आदेश विरुद्ध ‘भ्याकेट’ निवेदन लिएर मंगलबार सर्बोच्च अदालत पुगेको हो । उक्त निवेदन आज (मंगलबार) दर्ता भएको हो । गृह मन्त्रालय कानून महाशाखाका सहसचिव भरतमणी रिजालले ३० बर्षे सेवावधि हटाउन सर्बोच्चले गरेको अन्तरिम आदेश बिरुद्धको भ्याकेट निवेदन दर्ता भएको जानकारी दिए ।
‘नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ३० बर्षे सेवा अवधि हटाउने बिषयमा सर्बोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशबिरुद्धको भ्याकेट निवेदन सर्बोच्चमा दर्ता भएको छ’, उनले भने ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments