•  ३ आश्विन २०८१, बिहीबार
  •  3:49:39 AM

पदाधिकारी चयन गर्न नसकेपछि नेकपा एसमा आज निर्वाचन

- भाद्र ११, २०८१ मा प्रकाशित



काठमाडौं । महाधिवेशन सकिएको करिब दुई महिनापछि नेकपा एकीकृत समाजवादीले आज (मंगलबार) पदाधिकारी छान्न चुनाव गर्दैछ । आइतबारबाट काठमाडौंमा सुरू भएको पार्टीको प्रथम पूर्ण बैठक बैठकले पदाधिकारी छान्न लागेको हो ।

त्यसका लागि आज (मंगलबार) चुनाव हुँदैछ । सोमबार निकालिएको निर्वाचन तालिकाअनुसार आज बिहान ७ बजेबाट मनोनयन पत्र वितरण हुनेछ । बिहान साढे सात बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने कार्यसूची छ । साढे आठ बजेसम्म उम्मेदवारी दर्ता, त्यसपछि प्रारम्भिक सूची सार्वजनिक, त्यसपछि दाबी विरोध र १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल निर्वाचित गरेको छ । २१ पदाधिकारी रहने व्यवस्था भएकामा अब १८ पदका लागि चुनाव गर्नुपर्नेछ । वरिष्ठसहित सात उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवका लागि निर्वाचन हुन लागेको हो । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।

Comments

सम्बन्धित खवर