सल्यानमा चट्याङ लागेर प्रधानाध्यापक मृत्यु
- भाद्र ११, २०८१ मा प्रकाशित
सल्यान । सल्यानमा चट्याङ लागेर एक विद्यालयका प्रधानाध्यापकको ज्यान गएको छ । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।
कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।
सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments