विद्यालयबाट घर फर्किदै गरेका किशोरको चट्याङ लागेर मृत्यु , एक घाइते
- भाद्र १०, २०८१ मा प्रकाशित
पाँचथर । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कदै गरेका किशोरको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत किशोर वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतकसँगै घर फर्कदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना भने घाइते भएका छन् ।
बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका–३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिए । घटनाका सम्बन्धमा अध्ययन गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments