तानसेनमा कार दुर्घटना : भारतीय नागरिकको मृत्यु
- भाद्र १०, २०८१ मा प्रकाशित
पाल्पा । पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments