आज देशभर गाईजात्रा मनाइँदै, काठमाडौं उपत्यका लगायत ठाउ ठाउमा सार्वजनिक बिदा , इटहरी र धरानमा पनि बिदा
- भाद्र ४, २०८१ मा प्रकाशित
इटहरी । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
सोहि अनुरुप आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ । साथै परिक्रमामा सहभागि श्रद्धालुद्वारा गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ ।
प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि सांस्कृतिक पर्वको रुपमा कायमै रहेको छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने गरिन्छ । काठमाडौं उपत्यकामा भने गाईजात्रालाई विशेष रौनकको रुपमा मनाइने गरिएको छ । यस अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा समेत दिइएको छ । पछिल्लो समय गाईजात्रा पर्वको ८ दिनको अवधीमा हस्य कलाकारहरुले सामाजिक विकृतिका विरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन समेत गर्दै आएका छन् ।
यसे पर्वकाे अवसरमा काठमाडाै उपत्यकामा सरकारले सार्वजनिक बिदाकाे निर्णय गरेकाे छ भने । सुनसरीकाे धरान र इटहरी उपमहानगरले पनि सार्वजनिक बिदाकाे निर्णय गरेकाे छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments