•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:25:34 AM

चितवनमा मोटरसाइकल दुर्घटना , प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

- भाद्र ३, २०८१ मा प्रकाशित



चितवन । चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटना हुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मोटरसाइकल दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर