रक्षक नै भक्षक बनेपछि: भक्तपुरकाे प्रहरी बिटभित्रै हवलदारले गरे किशोरीमाथि बलात्कार
- भाद्र १, २०८१ मा प्रकाशित
भक्तपुर । प्रहरी बिटभित्रै उक १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत प्रहरी हवल्दार नवराज श्रेष्ठले बिटभित्रै बालिकालाई बलात्कार गरेको अभियोग लागेको हो ।
हवल्दार श्रेष्ठलाई जिल्ला अदालत, भक्तपुरले गत साता पुर्पक्षका लागि थुनामा पठाएको छ । ग्त असार २९ गते कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा रातको समयमा युवकसँग गफ गरेर बसिरहेकी किशोरीलाई पक्राउ गरी बिटमा ल्याएर बलात्कार गरेको अभियोग हवल्दार श्रेष्ठमाथि लागेको छ ।
सुरुमा दुई प्रहरी गएर रातिसम्म किन बाहिर बसेको भनेर किशोरी र अर्का युवकलाई घर जान भनेर सम्झाएका थिए । त्यसको केहीपछि हवल्दार श्रेष्ठ एक्लै सो स्थानमा पुगेका थिए । त्यहाँबाट उनले दुवैलाई पक्राउ गरी बिटमा लगे । युवकलाई छाडेर बालिकालाई बिटभित्रै रहेको कोठामा राखी बलात्कार गरेको भन्दै मुद्दा दायर भएको हो ।
हवल्दार श्रेष्ठले भने आरोप अस्वीकार गरेका छन् । तर, पोलिग्राफ परीक्षणमा उनले झुटो बोलेको भनेर प्रतिवेदन आएको छ । गत २५ साउनमा जिल्ला अदालत, भक्तपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेलले हवल्दार श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएका छन् । पीडित बालिकाले घटनाको भोलिपल्ट आफू पढ्ने विद्यालयका शिक्षकलाई त्यसबारे बताइन् । त्यसपछि शिक्षककै पहलमा भोलिपल्ट प्रहरीमा उजुरी परेको हो । अनुसन्धानका क्रममा घटना साँचो देखिएपछि ३० असारमै उनलाई पक्राउ गरी मुद्दा दायर भएको हो ।
पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती किशोरीलाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए । बिटमा रहेको बेडको तन्ना समेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments