भारतीय प्रधानमन्त्री मोदीको ‘एक पेड माँ के नाम’ अभियान काठमाडौंमा पनि
- श्रावण ३२, २०८१ मा प्रकाशित
काठमाडौँ । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीको उक्त अभियानको नेपालमा पनि सुरुवात गरिएको छ ।
७८ औं स्वतन्त्रता दिवसको अवसरमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपे । भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि गत २७ साउनमा दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर यस अभियानप्रति आफ्नो प्रतिबद्धता जनाएका थिए ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न भारतीय डायस्पोराका सदस्यहरु र भारत–नेपाल मैत्री संघले बिरुवाहरु रोपी यस प्रयासमा सामेल भएका छन् ।‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय राजदूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनाएको दूतावासले जनाएको छ ।
एक पेड माँ के नाम अभियानले काम गर्न निरन्तर उत्प्रेरित गर्नुका साथै वातावरणको संरक्षणका लागि सामूहिक जिम्मेवारीमा जोड दिएको दूताबासले जनाएको छ । दूतवासले भनेको छ, ‘ एक पेड माँ के नाम पहलसँगै नेपालस्थित भारतीय राजदूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनायो । दूतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित यस कार्यक्रमले वातावरणीय दिगोपन तथा विश्वव्यापी कल्याणप्रतिको हाम्रो जारी प्रतिबद्धतालाई झल्काउँछ ।’
सम्बन्धित खवर
-
ताजा कार्तिक २५, २०८१How To Win At Online Internet Casinos: Top 10 Online Gambling Tip
-
ताजा कार्तिक २५, २०८१Las Vegas Casino Games Odds Game Titles With Best As Well As Worst House Edge
-
ताजा कार्तिक २५, २०८१Mbs Online Casino: Singapores Premier Gambling Destinatio
-
ताजा कार्तिक २५, २०८१Seminole Casino Resort: More In Paradis
-
ताजा कार्तिक २३, २०८१चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु
Comments