•  ४ आश्विन २०८१, शुक्रबार
  •  11:21:10 AM

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस

- श्रावण ३२, २०८१ मा प्रकाशित



इटहरी । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

पाकिस्तानका लागि पूर्व राजदूत समेत रहेकी लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एक जना मन्त्रीले बताए । यसअघि बेल्जियम खाली राखेर अन्य देशमा मात्र राजदूत सिफारिस गरिएको थियो । बेल्जियमको ब्रसेल्समा युरोपेली आयोगको मुख्यालय रहेकाले यहाँको जिम्मेवारीलाई महत्वपूर्ण मानिन्छ । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन्।

Comments

सम्बन्धित खवर