•  ४ आश्विन २०८१, शुक्रबार
  •  11:26:46 AM

आजकाे माैसम : दिउसाे चार प्रदेशमा , राती सातै प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

- श्रावण ३१, २०८१ मा प्रकाशित



इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम  प्रदेशका  थोरै  स्थानहरूमा  तथा बाँकी  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एक–दुई स्थानमा  भारी वर्षाको  सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । पछिल्लो चौबीस घण्टामा ओखलढुंगामा ८१.६, संखुवासभाको खाँदबारीमा ६२.४, सुनसरीको धरानमा ५२, खोटाङको ऐँसेलुखर्कमा ५४.४, दोलखाको सिँगटीमा ५५.८, बैतडीको सिद्धपुरमा ४५ मिलिमिटर वर्षा भएको छ ।

Comments

सम्बन्धित खवर