•  ४ आश्विन २०८१, शुक्रबार
  •  12:20:06 PM

मौवाखोला र चुम्लिङटारमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

- श्रावण ३०, २०८१ मा प्रकाशित



चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज (बुधबार) बिहान करिब ७ बजेको समयमा माथिबाट गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको हो । मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण वर्षाको मौसममा यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।

Comments

सम्बन्धित खवर