मंगल ग्रहमा पानी भएको पुष्टि
- श्रावण २९, २०८१ मा प्रकाशित
एजेन्सी । मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले पानी भएको पुष्टि गरेको छ । हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका हुन् । मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन् ।
सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन् । ल्यान्डरले सिस्मोमिटर बोकेको थियो । यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो ।
ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन् । मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो ।
सम्बन्धित खवर
-
ताजा आश्विन ४, २०८१नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नुको महत्व बढ्दै गएको छ : अध्यक्ष प्रचण्ड
-
ताजा आश्विन ४, २०८१बामदेवको दावी : म ज्युँदो हुँदै कम्युनिष्ट पार्टीहरुलाई फेरि एकतावद्ध गरिछाड्छु
-
ताजा आश्विन ४, २०८१प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ
-
ताजा आश्विन ४, २०८१धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौंडा सम्पदा यात्रा’
-
ताजा आश्विन ४, २०८१पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
Comments