गायक प्रकाश तिमिल्सिना आफ्नै कोठामा मृत भेटिए
- श्रावण २७, २०८१ मा प्रकाशित
इटहरी । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिएका छन् ।
घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्याएको र अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् ।
२०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments