•  ४ आश्विन २०८१, शुक्रबार
  •  10:22:55 AM

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

- श्रावण २७, २०८१ मा प्रकाशित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (आइतबार) देखि शुरू हुँदैछ । ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा मध्याह्न १२ बजेदेखि बैठक शुरू हुने जनाइएको छ ।

चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुनेछ । त्यस्तै बैठकका कार्यसूचीहरू प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुनेछ ।

बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय÷जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यतालगायत विषय–शीर्षकमा केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ ।

त्यस्तै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमा छलफल गरी उक्त प्रस्तावमा निर्णय हुने र बैठकले बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

Comments

सम्बन्धित खवर