गछियाकाे शिवालय किरातेश्वर मन्दिरमा साउने मास उत्सव : सोमबार दिनबन्धु शास्त्रीले कथा सुनाउने
- श्रावण २०, २०८१ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका ६ स्थित देवस्थान शिवालय किरातेश्वर मन्दिरमा साउने मास उत्सव भव्य सञ्चालन भइरहेको छ । गएको साउन ५ गतेबाट सुरु भएको उत्सवमा बिहान रुद्राभिषेक बिसेक , दिउसाे धार्मिक प्रवचन तथा सत्सङ्ग र साझा सन्ध्याकालीन आरती र भजन कीर्तन गरेर उत्सव मनाउने गरिएको छ । नेपालमा दिगो शान्ति र हिन्दु राष्ट्र स्थापनाका कामना सहित बिभिन्न धार्मिक क्रियाकलाप सहित उत्सव सुचारू गरिएको देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मणिन्द्र कटुवालले बताए ।
उत्सवकै बिच सोमबार सुन्दरहरैंचा वृन्दावन गौशालाका संरक्षक दिनबन्धु शास्त्रीले कथा वाचन गर्ने जनाइएको छ । साउन महिना त्यसै पनि धार्मिक गतिविधि गर्ने महिना रहेको कारण सो मन्दिरमा पनि यो वर्ष उत्सव आयोजना गरिएको जनाइएको छ ।
उत्सव सुर भएयता ५ हजार बढी भक्तजनहरूले मन्दिरको अवलोकन गरिसकेको र इच्छा अनुसार आर्थिक सहयोगहरू जुटाएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष भट्टराईले बताए । उत्सवबाट सङ्कलन भएको रकमले मन्दिरकै भाैतिक संरचना निर्माण , अक्षय कोष स्थापना लगायत व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments