•  ४ आश्विन २०८१, शुक्रबार
  •  9:47:14 AM

ताप्लेजुङ कारागारमा क्षमता बन्दा ५ गुणा बढी कैदीबन्दी , क्षमता २५ काे कैदीबन्दी १४५ जना

- श्रावण २०, २०८१ मा प्रकाशित



ताप्लेजुङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल १२३ कैदी र २२ थुनुवा गरी एक १४५ कैदीबन्दीलाई राखिएको  छ ।

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीन जना कैदीबन्दी छन् । विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला  नौवटा घर छन् ।

Comments

सम्बन्धित खवर