नेकपा एसले बनायो ३४३ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी
- श्रावण १८, २०८१ मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ । आकांक्षी धेरै भएपछि ३४३ सदस्यीय ‘जम्बो’ केन्द्रीय कमिटी बनाएको हो ।
अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ ।
यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गर्ने तयारी छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments