•  ३ आश्विन २०८१, बिहीबार
  •  10:46:30 PM

विद्यार्थीको पत्रमा ‘२०७९’ बारे ओलीको स्पष्टीकरण: मिति गलत भए पनि जस्ताको तस्तै पोस्ट गरेँ

- श्रावण १३, २०८१ मा प्रकाशित



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई दिँदै एकजना विद्यार्थीले पठाएको भनी सार्वजनिक गरेको पत्रमा मिति २ वर्षअघिको उल्लेख भएको विषयमा स्पष्टीकरण दिएका छन्।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौँको बौद्धबाट रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङले आफूसँग भेट्न र तस्बिर खिच्न आग्रह गरेको म्यासेन्जर पत्र सार्वजनिक गरेका थिए। तर त्यस पत्रमा मिति २०७९ श्रावण ६ लेखिएको छ।

पहिले लेखिएको पत्र आइपुगेछ भनौँ भने पनि त्यसमा उल्लिखित मितिमा ओली प्रधानमन्त्री नै थिएनन्। त्यसैले सामाजिक सञ्जालमा झुटो कुरा गरेर मानिसलाई उल्लु बनाएको भनी उनको व्यापक आलोचना भइरहेको थियो।

सोही विषयमा स्पष्टीकरणस्वरूप ओलीले पत्र अहिलेकै भएको तर विद्यार्थी तामाङले मिति गलत लेखेको दाबी गरेका छन्।  उनले पहिलेकै स्टाटसमुनि कोष्ठ दिएर थपेका छन्, ‘उहाँले पठाउनुभएको पत्रमा मिति गलत भए पनि जस्ताको तस्तै पोस्ट गरेको छु।’

Comments

सम्बन्धित खवर