रोसी किनारमा नग्न अवस्थामा महिलाको शव फेला
- श्रावण १३, २०८१ मा प्रकाशित
काभ्रे । काभ्रेको रोसी नदीमा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ। शनिबार साँझ तेमाल गाउँपालिका- ८ पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव फेला परेको हो।
उक्त शव रोसी गाउँपालिका- ९ चिउरीवास निवासी छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। छत्रबहादुरले घटनास्थलमा पुगेर शवको सनाखत गरेका हुन्।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments