भारतमा ‘शत्रु’ नाटक प्रदर्शन गरि फर्किदै कलालय इटहरीका कलाकार
- श्रावण ७, २०८१ मा प्रकाशित
इटहरी । ‘नवौँ कनक रोय अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा सहभागी जनाउन गत शनिबार भारतकाे कलकत्ता स्थित कल्याणनगर प्रस्थान गरेकाे इटहरीस्थित कलालयका कलाकर्मीहरूले ६ गते अाइतबार ‘शत्रु’ नाटक प्रदर्शन गरि नेपाल फर्कने तयारी थालेका छन ।
यसअघि कलकत्ताकै श्यामनगर र कृष्णनगरमा नाटक ‘हिरासत’ र ‘शत्रु’ प्रस्तुत गरेको टिमले यसपटक कल्याणनगरमा नाटक ‘शत्रु’ प्रस्तुत गरि फर्कने तयारी भइरहेकाे कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।
महाेत्सवमा नेपाल सहित भारत , बङ्ग्लादेश लगायतका देशहरूबाट कलाकर्मीहरूकाे पनि ब्यापक सहभागिता रहेकाे थियाे ।प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (वीपी)को कथा शत्रुलाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको हो ।
नाट्यकर्मी प्रज्वल पराजुलीद्धारा निर्देशित उक्त नाटकलाई इटहरीसहित विभिन्न क्षेत्रका दर्शकहरूले रुचाएका थिए ।नाटकमा प्रजल दुलाल, विकास श्रेष्ठ, डेभिड विष्ट, करण प्याकुरेल, आशिष पुरी, सक्षम किराती, नितिका घिमिरे, जेम्स श्रेष्ठ, र अविन ठटालले अभिनय गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments