पथलैयाबाट सप्तरी जान बस चढेका युवकले बाँके जंगलमा पुगेपछि फाल हाने
- श्रावण १, २०८१ मा प्रकाशित
सर्लाही । सर्लाहीमा तीव्र गतिमा गुडिरहेको बसबाट हामफाल्दा एक युवकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने बाँके जंगलमा सोमबार गुडिरहेको बसबाट हामफाल्दा ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
काठमाडौँबाट विराटनगर तर्फ जाँदै गरेको ना. ७ ख १०५० नम्बरको बसबाट हाम फाल्दा सप्तरीको शम्भुनाथ नगरपालिका–४ नरहैया निवासी ३० वर्षीय शंकर चौधरीको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिका सागरनाथ चोकस्थित सशस्त्र प्रहरीको बेसअगाडिको लच्का नजिक उनले तीव्र गतिमा गुडिरहेको बसको ढोकाबाट हाम फालेका प्रहरीले जनाएको छ।
बसबाट फाल हान्दा गम्भीर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। चौधरी बाराको पथलैयाबाट बस चढेका कन्डक्टरले बताएका छन्।
कन्डक्टर भाडा उठाउन व्यस्त भएका बेला चौधरीले एक्कासी आफैँले बसको ढोकाबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments