इटहरीका माधव केसीलाई उत्कृष्ट मोडलको अवार्ड
- असार ३१, २०८१ मा प्रकाशित
इटहरी । अभिनेता माधव केसीले उत्कृष्ट मोडलको अवार्ड हात पारेका छन् । हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोमार्फत अभिनेता केसीले विराट म्युजिक तथा फिल्म अवार्ड–२०८० को ‘उत्कृष्ट मोडल’ अवार्ड जितेका हुन् ।
अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा मोडल तथा अभिनेता माधव केसी र लजिना सुवेदी अभिनित म्युजिक भिडियोले उत्कृष्ट मोडलको अवार्ड जित्न सफल भएको हो । सेलिव्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आयोजित अवार्ड समारोहमा गीतका मोडल माधव केसीलाई उक्त अवार्ड प्रदान गरियो । केसी सुनसरीकाे इटहरी उपमहानगरवासी हुन ।
गीतको संगीत नवीन कार्कीले गरेका हुन् । म्युजिक भिडियो निर्देशन भने चलचित्र निर्देशक नवल नेपालले गरेका हुन् । मदन कास्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् ।
अवार्ड समारोहमा निर्देशक नेपालको समेत उपस्थिति थियो । अवार्ड प्राप्तीले आफूलाई थप जिम्मेवार महसुस गराएको अभिनेता केसीले बताएका छन् । उनले भने, ‘मेरो कामको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्नु हुने जुरी टिम तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दछु ।’
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments