•  ३ आश्विन २०८१, बिहीबार
  •  3:25:42 AM

आजकाे माैसम : काेशीकाे तराइ भेगमा घाम लाग्ने , पहाडी भेगमा हल्का देखि मध्यम वर्षाकाे सम्भावना

- असार २९, २०८१ मा प्रकाशित



इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

आज (शनिबार) देशभर साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती  र  गण्डकी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम  प्रदेशका  थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित खवर