•  ३ आश्विन २०८१, बिहीबार
  •  3:12:26 AM

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

- असार २७, २०८१ मा प्रकाशित



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी राहत शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् । अख्तियारले २०७९ असोज ६ गते गीता सोडारीविरूद्ध मुद्दा दायर गरेको थियो । नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि एक वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ ।

Comments

सम्बन्धित खवर