•  ३ आश्विन २०८१, बिहीबार
  •  3:28:00 AM

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

- असार २७, २०८१ मा प्रकाशित



इटहरी । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज (बिहीबार) बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथ दिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् । एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।

Comments

सम्बन्धित खवर