•  ३ आश्विन २०८१, बिहीबार
  •  10:11:00 PM

६१ किलो सुन तस्करी प्रकरण : सेनाका पूर्वरथी चन्द ‘फरार’

- असार २६, २०८१ मा प्रकाशित



इटहरी ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरी जिल्ला अदालत, काठमाडौँमा मुद्दा चलाएको छ। असार १९ गते अदालतमा पुगेको उक्त मुद्दाका एक अभियुक्त नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द छन्।

उनी सुन तस्करीवापतको रकम गैरकानुनी तवरले भुक्तानी दिने र हुन्डी कारोबार गर्ने कार्यमा जोडिएका नेपाल पेवेल प्रालि नामक कम्पनीका सञ्चालक हुन्। त्यसमा उनको २० लाख रूपैयाँबराबरको सेयर लगानी देखिएको छ। यस कम्पनीका अध्यक्ष भने भीमप्रसाद तिमिल्सिना हुन्। तिमिल्सिना भने पक्राउ परिसकेका छन्।

अभियोगपत्रमा प्रतिवादी खण्डको ४३ नम्बरमा चन्दको नाम फरार प्रतिवादीका रूपमा उल्लेख छ। शेर बहादुर चन्दको नाति ललित चन्दको छोरा जिल्ला काठमाडौं कामपा वडा नं १० स्थायी वतन भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका नगरपालिका वडा नं ३ धोबीघाटस्थित घर नं १५३ मा बस्ने वर्ष ६७ का नेपालभूषण चन्द फरार रहेको अभियोगपत्रमा उल्लेख छ।दनलाई पनि आधार मानिएको छ।

Comments

सम्बन्धित खवर