•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:12:12 AM

आजकाे माैसम : काेशीकाे पहाडी भु–भागमा हलका हिमपात , तराइमा हुस्सु

- माघ १५, २०८० मा प्रकाशित



इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ ।

भोलि (मंगलबार) कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान ५ः४५ को काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आइतबार काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Comments

सम्बन्धित खवर