रास्वपाको संयुक्त बैठक आजबाट : पहिलो पटक काठमाडौं बाहिर
- मंसिर ११, २०८० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज (सोमबार) बाट सुरु हुँदैछ ।पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रीय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ ।
सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन् । आजदेखि सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका एजेण्डा रहेका छन् । बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवश्यक निर्णय लिनेछ । उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments