गृहमन्त्री श्रेष्ठ भन्छन – सुन प्रकरणको अनुसन्धान सीआइबीले नै टुङ्गोमा पुर्याउँछ
- भाद्र ३, २०८० मा प्रकाशित
काठमाडौं । उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको र त्यसैले टुङ्गोमा पुर्याउने बताएका छन् ।
आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय दलका शीर्ष नेताहरूको बैठकपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै गर्ने बताएका हुन् । एमालेले माग गर्दै आएको उच्चस्तरीय समिति गठनबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भने, ‘कुनै कन्फ्युजन नहोस् । सीआईबीले अनुसन्धान गर्दैछ । त्यसैले निष्कर्षमा पुर्याउँछ ।’
प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । तर, सत्तारुढ दलहरूले भने सीआईबीले छानबिन गरिरहेकाले त्यसको अर्को समिति आवश्यक नभएको बताउँदै आएका छन् । एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेयता संघीय संसदका दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १२, २०८१Azərbaycanın Bir Nömrəli Onlayn Kazino Məlumat Mərkəzi 202
-
ताजा मंसिर १२, २०८१लगातार दुई दिन घटेको सुनको भाउ बुधबार ९ सयले बढ्यो , आज कतिमा हुदैछ काराेबार
-
ताजा मंसिर १२, २०८१स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
ताजा मंसिर १२, २०८१विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती, दाजुभाइ नै कमाउँछन् मासिक एक लाख बढी
-
ताजा मंसिर १२, २०८१चलचित्र ‘जेरी’ र ‘कबड्डी’ छायाङ्कनपछि मार्फामा पर्यटककाे घुइचाे
Comments