मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध, तमोर करिडोर पनि बन्द
- असार २०, २०८० मा प्रकाशित
पाँचथर । हेवाखोलामा बाढी आएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो । तर, हिजो बेलुकादेखि परेको भारी वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो ।
गएको २ गते राति आएको बाढीका कारण हेवाखोलाको पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।
यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवाखोलामा पानीको बहाव बढेकाले तमोर करिडोर पनि अवरुद्ध भएको हो । निर्माणाधीन तमोर करिडोरका तीनवटै खोलामा पुल बनेको छैन । नावाखोलामा पानीको सतह बढ्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ११, २०८१सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित
-
ताजा मंसिर ११, २०८१हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
-
ताजा मंसिर ११, २०८१मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा
-
ताजा मंसिर ११, २०८१एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
-
ताजा मंसिर ११, २०८१भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
Comments